सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२३ केजी सुन प्रकरण : सुन बरामद भएको फ्ल्याट अशोक सिन्हाको छोरीको नाममा भएको खुलासा

काठमाडौं। पर्सा प्रहरीले गत शनिबार वीरगन्जको एक अपार्टमेन्टबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

सुन बरामद गरेको ४८ घन्टामा सुन फेला परेको फ्ल्याट कसको नाममा रहेकोबारेमा पता लगाएको छ । प्रहरीका अनुसार अशोक सिन्हा बस्दै आएको फ्ल्याट उनकी छोरीको नाममा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपालमा विवाहित भएर बस्दै आएकी अशोक सिन्हाका छोरी निवेदिका सिन्हाकै नाममा फ्ल्याट रहेको फेला परेको छ ।

पर्साका प्रहरीका अनुसार बरामद भएको सुनमा हालसम्म क–कसको संलग्नता र कसको हो भन्ने प्रमाणित हुन नसकेको अवस्था छ ।

स्रोतका अनुसार सुन प्रकरण ठूलो भएकाले हतपत प्रहरीले केही बताउन नचाहेको र प्रमाण खोज्ने काम गरिरहेको दाबी गरेको छ । पर्सा प्रहरीले शनिबार नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन बरामद गरेको थियो  ।

भारतीय नागरिक बस्दै आएको वीरगन्ज महानगरपालिका– ५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटबाट प्रहरीले शनिबार २३ किलो दुई सय ५७ ग्राम सुन बरामद गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »