साेनाम ल्हाेछारकाे अवसरमा नेपाल तामाङ चलचित्र संघकाे आयाेजनमा भएकाे मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएकाे छ ।
२८५६औं जिवा ल्हाे सोनाम ल्होछारकाे अवसर पारेर आयाेजना गरिएकाे उक्त खेलमा नेपाल तामाङ पत्रकार संघ, नेपाल तामाङ चलचित्र संघ, नेपाल तामाङ युवा घेदुङ, नेपाल राष्ट्रिय तामाङ घेदुङ रआपा ङाछा टेलिसिरियल गरेर पाँच वटा टिम सहभागी रहेका थिए ।
मैत्रीपुर्ण खेलमा पहिलाे स्थान ओगट्न नेपाल राष्ट्रिय तामाङ घेदुङ सफल भएकाे छ भने दाेस्राे स्थानमा नेपाल तामाङ युवा घेदुङकाे पाेल्टामा परेकाे छ । नेपाल तामाङ पत्रकार संघले तेस्रे स्थानमा नै चित्त बुझाएका छन् ।
मैत्रीपुर्ण खेलमा युवा घेदुङका अमित लामाले वेष्ट प्लेयरकाे पुरस्कार पाएका छन् ।
तामाङ समुदायमा एकताकाे सन्देश दिनका लागि नेपाल तामाङ चलचित्र संघले काठमाडाैँकाे टुँडिखेलमा साेनाम ल्हाेछारकाे अवसरमा विगत केही वर्ष अघि देखि मैत्रीपुर्ण फुटबल खेलकाे आयाेजना गर्दै आइरहेका छन् ।
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/IMG_4024.jpg?fit=1024%2C683&ssl=1)
अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाले मैत्रीपुर्ण खेलकाे उद्घाटन गर्नुभएकाे थियाे ।
पुरस्कार वितरणका क्रममा परिषदका उपाध्यक्ष टासी लामाले साेनाम ल्हाेछार किन टुँडिखेलमा नै मनाउँछन् ? भन्ने प्रश्नमा जब सम्म तामाङ समुदाय माथि राज्यले राजनीति, आर्थिक र साँस्कृतिक रूपमा दमन गर्न छाड्दैन तबसम्म टुँडिखेलमा अथवा सडकमा बसेर नै साेनाम ल्हाेछार मनाउने दावा गर्नु भएकाे छ ।
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/IMG_4030.jpg?fit=1024%2C683&ssl=1)
यसैगरी खेलका सभापति अथवा नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु बहादुर थाेकरले सम्पुर्ण तामाङ समुदायमा एकताकाे सन्देश दिनलाई र राज्यलाई तामाङ समुदाय एक छन् साथै तामाङ समुदायकाे अधिकार कुण्ठित नगर्नका लागि चुनाैति दिनलाइ पनि मैत्रीपुर्ण खेलकाे आयाेजना गरेकाे दाबी गर्नु भयाे । कार्यक्रमलाई नेपाल तामाङ चलचित्र संघका महासचिव जयन कुमार माेक्तानले संचालन गरेका थिए ।
अन्तमा साेनाम ल्हाेछारकाे फाग ल्हाेलाई विदाइ गरी जिवा ल्हाेकाे आगमनकाे अवसरमा साेनाम ल्हाेछार इभमा दिप प्रज्वलन गरी टुँडिखेलमा जिवा ल्हाेकाे स्वागत गरका छन् ।
![](https://i1.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/IMG_4028.jpg?fit=1024%2C683&ssl=1)
![](https://i1.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/IMG_4267.jpg?fit=1024%2C683&ssl=1)
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/IMG_4288.jpg?fit=1024%2C683&ssl=1)
![](https://i1.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/IMG_4114.jpg?fit=1024%2C683&ssl=1)
![](https://i1.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/IMG_4300.jpg?fit=1024%2C683&ssl=1)
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/IMG_4317.jpg?fit=1024%2C683&ssl=1)
![](https://i1.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/IMG_4239.jpg?fit=1024%2C683&ssl=1)