सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१२ वटा अस्पताललाई कोरोना संक्रमितको ‘प्लाज्मा थेरापी’बाट उपचार गर्न अनुमति

काठमाडौं । सरकारले १२ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गर्न अनुमति दिएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप कुमार ज्ञवालीले तीन वटा निजीसहित १२ वटा अस्पताललाई उक्त विधिबाट संक्रमितको उपचार गर्न स्वीकृति दिएको जानकारी दिए।

अनुमति पाउने निजी अस्पतालहरूमा मेडिसिटी, ग्रान्डी र ह्याम्स अस्पताल छन्। त्यस्तै सरकारी अस्पतालहरूमा धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टिचिङ, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज, कोसी, नारायणी, भक्तपुर, भेरी र सेती अस्पताल छन्।

अब यी अस्पतालहरूले कोरोना संक्रमणको गम्भीर बिरामीलाई प्लाज्मा दिएर उपचार गर्न सक्छन्।

तर त्यसको लागि दाता र संक्रमित बिरामी दुबैको स्वीकृति हुनुपर्ने छ।

भर्खरै

सम्बन्धित खबर

Language »