काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ ।
बुधबार बिहानको तथ्यांक हेर्दा २४ घण्टामा मात्रै १ हजार ३४४ जनाको मृत्यु भएको छ ।
त्यस्तै संक्रमितको संख्या १ करोड ८६ लाख ९० हजार ३६६ जना पुगेको छ।
बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म ६० लाख ७९ हजार ७२६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूमध्ये ६५ हजार ४३६ जनाको अवस्था गम्भीर छ ।
१ करोड १९ लाख ७ हजार ३०९ जना उपचारपछि निको भएका छन् ।