सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना प्रती सजग रहदै सफाइ अभियान

काठ्मान्डौ
कोरोना भाइरसको कारण आम जनमानसमा त्रास पैदा भइ रहँदा उपत्यकाका सफाइ अभियान्ता हरु आ- आफ्नो अनुकुलता मा सफाइअभियान मा लागेका छन ।

चक्रपथ सफाईका संयोजक लोक बहादुर टण्डन , राष्ट्रवादी गायक तिलक बस्नेत नियमित अभियान्ता हरु र रोटरि क्लब अफ काठमान्डु डाउन टाउन का अध्यक्ष सहित को टोली ले मेघा पार्टी प्यालेस बसुन्धारा आसपास का क्षेत्र मा भौतिक दुरी कायम गर्दै १७७ औ हप्ताको सरसफाइ सम्पन्न गरेको छ ।

बागमती सफाई महाअभियानको ३७८औ शृङ्खला अन्तर्गत बागमति नदीको किनार बुद्धनगरमा बागमती सफाई महा-अभियानका मुख्य अभियता नेपाल सरकारका पुर्व मुख्य सचिव तथा मित्रराष्ट्र चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल को मुख्य संयोजकत्वमा आभियान शुरु भई फोहोरलाई वर्गिकरण गरि समपन्न भएको छ।

बाग्मती सफाई को एउटा खण्ड तिलगंगा सफाई को २६०औ साताको सफाई सम्पन्न भएको छ ।कोरोना भाइरसको कारण केहि साता स्थगीत गर्नु परेको अभियान गत दुई साता अगाडि देखी फेरी सुचारु भएको छ। कोरोनाको कारण धेरै भिड नगरी चेतना मुलक र निरिक्षण गर्ने गरी अभियान जारी छ जारी राखिने भएको छ ।”हाम्रो बुझाईमा कोरोना को सन्त्रास तत्कालै हट्दैन आबश्यक साबधानी अपनाउदै आफ्नो कर्म त गर्नै पर्यो । बागमती सफाई हाम्रो नित्य कर्म भएको छ ।पबित्र गंगा को सेबा गर्दा अलौकिक आनन्द आउदो रहेछ ।”यस अभियान का एक अभियान्ता ले बताएकी छिन।

महिला तथा बालबालिकाको पहलमा चलिरहेको गोदावरी खोला क्षेत्र सरसफाइ अभियान को ७५ औं शृङ्खलाको कार्यक्रम सकृय अभियन्ताहरु को सकृयतामा सम्पन्न भएको छ।

नेपाल सरकार तथा अन्तर्राष्ट्रिय हरियाली मन्चको आयोजनामा लभिजम भोलेन्टियर सहित ललितपुर महानगर पालिका सातदोबाटो क्षेत्र बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न भयो ।यसरी हिमाल, पहाड, तराईमा लगायत अन्य क्षेत्रहरूमा रोपिएको रुखबिरुवाले जलवायु परिवर्तन न्यून गर्नुको साथै हिमालयन क्षेत्रहरूको हिउँ जोगाउने काम गर्ने छ । प्रकृति र पृथ्वीको आयु बढ्ने कुरा अभियान्ता पि के शेर्पा बताउछन ।

यसै बिच मा बिष्णुमती सरसफाइ अभियान ले पनि आफ्नो नियमित कार्यक्रम को ३०३ , ३०४ , र ३०५ औ हप्ता को अवसर मा बिरुवा हरु रोप्दै नयाँ बसपार्क देखि मनाेहरतिर्थ सम्म वातावरणीय र पर्यावरणीय रुपमा सफा सुन्दर , हरियाली र धुलाे मुक्त नमुना एरिया बनाउने अभियानमा लागेको जनाए को छ ।

आलोक नगर मा पनि अभियान को १७७ औ हप्ताको कार्यक्रम नदी कि नार वरिपरी सरसफाइ गरी सम्पन्न गरिएको जान्कारी प्राप्त भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »