बर्दिवास नगरपालिका ६ महोत्तरी कि रोमा कार्की को ७ बर्ष अगाडिनै मुटुरोग को कारण श्रीमान को देहान्त भयो । २ छोरा हरु नहुर्कदै श्रीमान बिते पछी संपुर्ण जिम्बेवारी रोमा को काँधमा आइ पर्यो ।छोरा हरुको पालन पोषण मा समेत समस्या पर्न थाले पछी रोमा २ छोरालाई आफ्नी बहिनी को जिम्मामा छोडेर भारत तिर काम को खोजी मा पुगिन ।उतै तिर बसेर निर्वाह गरिरहेकी उनि को जिवन मा फेरी अर्को बज्रपात आइपरेको छ ।
भर्खर १३ बर्षको हुँदै गरेको कान्छो छोरा सगुन कार्की लाई ब्लड क्यान्सर भएको भन्ने रिपोर्ट सुन्दा उनिलाई कस्तो भयो होला अनुमान लगाउन सकिन्छ ।
उनि छोरा को उपचार को क्रम मा आफु संग भएको सबै सम्पती सकिए पछी साथी भाइ आफन्त सबैको मा गुहार्न पुगिन उनि ।
उपचार को क्रम मा उनि कि बहिनी सर्मिला कार्किले उनिलाई निकै सहयोग गरेको बताइन । जेठो छोरा पनि डिप्रेसन को औषधी लिइ रहेको उनि ले बताइन ।
बहिनी सर्मिला कार्की कै सहयोग मा बिदेश मा रहेका आफन्त हरु सम्म यो खबर पुगे पछी बेलायत निवासी गोकर्ण बस्नेत र गोमा खत्री को बिसेस पहल मा नारी मिलन महिला समुह यु के बाट रु एक लाख तीन हजार , साउदी अरब मा बस्ने चम्पक कार्की को पहल मा एक लाख एक्काइस हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त भएको छ । आफन्त हरु कुमार कार्की बाट ५००० तथा कपिल कार्की बाट ४००० पनि सहयोग प्राप्त भएको छ ।
यस कार्यक्रम को संयोजन राष्ट्रवादी गायक तिलक बस्नेत ले गरेका थिए ।
एक पत्रकार सम्मेलन मार्फत गरिएको यो सहयोग हस्तान्तरण कार्यक्रम मा पिडित लाई रकम हस्तान्तरण गर्ने क्रम मा यो राज्यले गर्नु पर्ने काम बिदेशमा श्रम बेचेर बस्ने नागरिक ले गरेको मा खुशी ब्यक्त गर्दै भ्रष्टचार बिरुद्ध का सामाजिक अभियान्ता तथा हाम्रो नेपाल हामी नेपाली का संयोजक ज्ञानेन्द्र शाही ले यो राज्य संयन्त्र नै भ्रष्ट भएको कारण आम नेपाली ले दुख पाएको भन्दै आक्रोस ब्यक्त गरे ।
सगुन कार्की मात्र नभइ यस्ता लाखौ को लागी आफुहरु लाडिरहेको बताउदै आफु ले सकेसम्म को सहयोग गर्ने उनले बताएका छन ।
कार्यक्रम मा बोल्दै ग्रीन सिटी हस्पिटल का अध्यक्ष तथा चक्रपथ सरसफाइ का संयोजक लोक बहादुर टन्डन ले आफु हस्पिटल ब्यबसायी मात्र नभएर एक सामाजिक अभियान्ता पनि भएको ले ग्रीन सिटी हस्पिटल मार्फत यस्ता कयौं को सहयोग गरी सके को र सगुन कार्की को उपचार मा पनि सहयोग को कुनै कसुर बाँकी नराख्ने बताएका छन ।
सहयोग स्वरुप प्राप्त भएको रु २३३५५५ अभियान्ता द्वय शाही र टन्डन ले
पिडित लाई हस्तानतरण गरेका थिए ।
कार्यक्रम को अन्त मा बोल्दै ब्लड क्यान्सर पिडित सगुन कार्की ले आफु बाँचेर यो सामाज को लागी केहि गर्न चाहेको तथा रकम अभाव को कारण आफ्नो उपचार नहुने हो कि भन्ने चिन्ता भएको ले सन राइज बैंक न्युरोड शाखा खाता नं ०१०१०२८००६६०१९ र संपर्क नं ९८१०३६७६१४ मार्फत सहयोग जुटाइदिनु हुन सबै मा अपिल गरेका छन ।
सारा खबर मार्फत सगुन कार्की को जिवन रक्षा को लागी हामी पनि हार्दिक अपिल गर्दछौ ।