सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप दुईको मृत्यु, नेपालमा कोरोनाबाट ७५ जनाको निधन

काठमाडौं। कोरोना संक्रमित थप दुई जनाको निधन भएको छ ।

मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा उपमहानगरपालिका १९ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

उनी मधुमेहका बिरामी भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ का २० वर्षीय महिलाको पनि शनिबार निधन भएको छ ।

उनलाई उपचारका लागि नारायणी कोभिड अस्थायी अस्पताल लगेपछि मृत्यु भएको गौतमले जानकारी दिए ।

योसँगै संक्रमण भएर मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »