सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पीसीआर परीक्षण गरेका सबै फुटबल खेलाडीको रिपोर्ट नेगेटिभ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा सोमबार कोरोना (पीसीआर) परीक्षण भएका खेलाडीको रिपोर्ट नेगेटिभ आएको छ ।

पाटन अस्पतालमा सोमबार स्वाब संकलन गरेका ११ खेलाडीसहित २५ जनाको रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ ।

भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारीसहित अघि बढेको एन्फाले केही खेलाडीको पीसीआर टेस्ट सोमाबार गरेको थियो भने केहीले मंगलबार गरिएको थियो । बाँकी खेलाडीको र पदाधिकारीको रिपोर्ट भने आउन बाँकी छ ।

सोमबार कोरोना परिक्षण गर्ने खेलाडीमा विशाल राई, रञ्जित धिमाल, मिक्चेन तामाङ, रवि पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोक्तान, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी थिए । यी बाहेक अन्य १४ जनाले पनि पीसीआर परीक्षण गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »