सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका एक खेलाडी कोरोनाभाइरस संक्रमित भएका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका एकजना खेलाडी कोरोना संक्रमित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण जानकारी दिए।

गएको सोमबार र मंगलबार गरी दुई दिन विश्वकप र एसियाली छनोटका लागि बन्द प्रशिक्षणमा बस्नका लागि खेलाडी, प्रशिक्षक, व्यवस्थापकसहित ५४ जनाको ‘पीसीआर’ परीक्षण गरिएकामा एक खेलाडीमा कोरोना देखिएको हो ।

उनको पहिलो रिपोर्टमा कोरोना देखिएपछि बिहीबार पुनः गरिएको परीक्षणमा पनि ‘पोजिटिभ’ देखिएको हो । उनी आफ्नै घरमा ‘आइसोलेसन’मा रहेको प्रवक्ता राईले बताए ।

सरकारले भने यसअघि नै फुटबलबाहेकका सबै खेलकुदको प्रशिक्षणलगायतका कार्यक्रम रोकेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »