सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोक जुगल पहिरो : पुरिएका ११ जनाको शव भेटियो, २७ अझै बेपत्ता

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल–२ लिदीमा गएको पहिरोमा बेपत्ता भएका ३८ मध्ये ११ जनाको शव भेटिएको छ । शुक्रबार गएको पहिरोमा परी ३७ घर पुरिएका थिए ।

शव भेटिएकामध्ये ४ जना पुरुष, २ महिला र ५ बालक छन् । मृतकहरुको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

११ जनाको शव फेला परे पनि अझै २७ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयले ४० घरका लागि आवश्यक त्रिपाल, खाद्यान्नको व्यवस्था गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिबाट भने हाल ३७ घरका लागि प्रतिघर १५ हजार रुपैयाँ सहयोग गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »