सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार १७२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन्।

यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १९६७ पुगेको छ।

हालसम्म काठमाडौंमा १५६७, ललितपुरमा २६८ र भक्तपुरमा १३२ संक्रमित पुष्टि भएका छन्।

आज देशभर ६४१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै देशभर कोरोना संक्रमितको संख्या २६,६६० पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »