सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश

काठमाण्डौ । इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा सख्तर डोनेस्कलाई ५ शून्य गोल अन्तरले हराउँदै इन्टर मिलान फाइनलमा प्रवेश गरेको हो ।

जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुई/दुई गोल गरे । एक गोल डानिलोले गरे ।

खेलको १९ औं मिनेटमा निकोलो बारेलाको पासमा मार्टिनेज प्रहार गरेको पहिलो प्रहारलाई साख्तरका गोलकिपरले बचाएका थिए ।

तर त्यसपछि पनि मार्टिनेजले दोस्रो प्रयासमा गोल गरे । इन्टर मिलान नौ वर्षपछि युरोपा लिगको उपाधि उचाल्ने योजनामा रहेको छ । अब उसले उपाधिका लागि स्पेनिस क्लब सेभिल्लासँग शुक्रबार खेल्नेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »