सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालको झण्डा जलाएको भिडिओको सर्वत्र विरोध, भिडिओ बनाउने क्यामेराम्यान पक्राउ

काठमाण्डाै । नेपालको झण्डा जलाएर बनेको एउटा भिडिओको चर्को विरोध भएको छ । मङ्गोल हप अफिसियल युट्युब च्यालनमा आइतबार अपलोड भएको भिडिओमा विभिन्न समुदायलाई अश्लिल भाषामा गाली गरिएको छ ।

भिडिओमा नेपालको झण्डामा आगो लगाएको देखिन्छ । भिडिओ श्री विष्णु आधारभूत विद्यालय, वाग्मती गाउँपालिका वडा नम्बर तीन सल्लेनीमा छायाँकन भएको देखिएको छ ।

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सो भिडियो बनाउने क्यामेराम्यानलाई पक्राउ गरको छ । पक्राउ परेका क्यामेराम्यानको परिचय भने खुलाइएको छैन । यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई भने प्रहरीले खोजी गरिरहेको छ।

देशको झण्डा जलाएको र समुदायलाई भड्काउने हिसाबले आएको भिडिओ युट्युबबाट हटाएर गायकलाई कारबाहीको माग उठेको छ । सामाजिक सञ्जालमा भिडिओको सर्वत्र विरोध भइरहेको छ ।

नेपाल प्रहरीले गायक र भिडिओमा अभिनय गर्नेको खोजी तीव्र पारिएको जनाएको छ । मङ्गलबार बिहानै जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरीका अन्य निकायलाई पनि गायक र भिडिओमा देखिएका अन्यको खोजीको लागि सर्कुलर भइसकेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »