सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सन्दीप लामिछानेको सीपीएल टी–ट्वान्टी क्रिकेट आज हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बुधबार) उनको टोली जमैका तलावाज र सेन्ट लुसिया जोउक्ससँग खेल्दै छ ।

दिनको दोस्रो खेलमा सन्दीपको टोली जमैकाले जोउक्ससँग खेल्न लागेको हो । ट्रीनिडाड एन्ड टोबेगोमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे हुने छ ।

जमैका आजको खेलमा जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा छ । पहिलो खेलमा सन्दीपले प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना रहेको छ ।

कोरोना भाईरसको महामारीको कारण यस सिजनका सबै खेल बन्द रंगशालामा हुनेछन् । जमैका रोव्मन पावेलको कप्तानीमा मैदान उत्रने छ भने सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गर्ने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »