सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ।

नेपालमा अहिले संक्रिय संक्रमित ११ हजार १८ रहेका छन्।

हाल सम्म क्वारेन्टाइनमा रहेनेको संख्या १३ हजार ५७१ रहेको जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७०० पुगेको छ। यो कुल संक्रमितको ६१.२ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »