सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्वशहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईद्धारा मोहर्रमका सबै कार्यक्रम घरमै गरि ताजिया सेलाउन दुइचारजना पालैपालो कर्बला जान अपील

सिराज खान
नेपालगन्ज, पुर्वशहरी बिकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इश्तियाक राईले मुस्लिम समुदायको एतिहासिक पर्व मोहर्रमलाई घरमै मनाउनुका साथै ताजिया सेलाउन मात्र दुइचार जनाको समुहमा पालैपालो कर्बला जान मुस्लिम समुदायसंग अपील गर्नु भएको छ ।


सामाजिक संजाल मार्फत पुर्वशहरी बिकास मन्त्री राईले बुधवार गर्नु भएको अपीलमा हरेक वर्ष विविध कार्यक्रम गरेर दस दिनसम्म धुमधामका साथ मनाइने यो एतिहासिक पर्व शुरु हुन लागेकै बेला बाँके लगायत देशका अन्य भागमा कोरोना भाइरस समुदायमा समेत फैलिएकोले संक्रमितहरु दिनदिनै बढ्ने क्रम जारी रहेको उल्लेख गर्दै यस्तो जटिल र कठिन अवस्थालाई मध्ये नजर गरेर पर्व मनाउन आग्रह गर्नु भएको छ ।


उहाँले धार्मिक सदभाव समिति, विभिन्न मोहर्रम समितिहरु र प्रशासनविच बुधवार मात्रै भएको सहमतिलाई समेत पालना गर्दै बाँके क्षेत्र नम्बर २ र देशभरिकै मुस्लिम समुदायलाई मोहर्रमका सम्पूर्ण कार्यक्रमहरु घर परिवारमै गरिदिन आग्रह गर्दै दस तारिखका दिन ताजिया सेलाउनका लागि भिडभाड नगरि दुई चार जनाको समुहमा आलोपालो गरेर स्थानीय कर्बलामा पुगेर सम्मानका साथ सेलाउने कार्य गरिदिन अपिल गरेको जनाउनु भएको छ ।


कोभिड १९ को महामारीका कारण विगत ६ महिनादेखि सबै धार्मिक कार्यहरु घरमै गर्नु परिरहेको स्मरण गराउँदै सांसद राईले अझैपनि अवस्था जटिलनै रहेकोले अझैपनि केही समय धैर्य धारण गरेर स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउँदै अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।


यसअघि बुधवारनै बाँके जिल्ला प्रशासन कार्यालयको पहलमा धार्मिक सदभाव समिति बाँके, विभिन्न मोहर्रम समिति र सुरक्षा निकायका प्रमुखहरुको एक बैठक पनि नेपालगन्जमा सम्पन्न भएको छ ।
सो बैठकमा पनि कोरोना भाइरसका कारण बाँकेको अवस्था निकै संवेदनशील र गम्भीर बन्दै गएकोले यस्तो जटिल अवस्थामा आएको मोहर्रम चाडका सबै कार्यक्रमलाई घर परिवारमै बसेर गर्ने तथा ताजिया सेलाउने दिन दुइ चार जना पालेपालो गरेर स्थानीय कर्बलामा जाने तथा भिडभाड नगर्ने सहमति भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनु भयो ।


उहाँले प्रशासनले यसअघिनै मोहर्रम लगायत तीज पर्वलाई भिडभाड नगरेर घरमै मनाउनु पर्ने निर्णय गरिसकेको पनि बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »