सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लियोन पराजित, बार्यन फाइनलमा पिसजीसँग भिड्ने

जारी सिजनको च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत हिजो राति भएको खेलमा जर्मनी क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले हराउँदै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्बनमा भएको सो खेलमा बायनले आफ्नो शान्दार लयलाई कायम राख्दै जित दर्ता गर्दा फाइनलमा पिसजी सँग उपाधी भिडन्त पक्का गरेका हुन् । यस अघि उसले क्वाटरफाइनलमा स्पेनिस् महारथी क्लब बार्सिलोनालाई ८-२ को भारी गोल अन्तरले पराजित गरेका थिए ।

हिजो भएको खेलमा बायर्नले लियोनलाई पराजित गर्ने क्रममा खेलको १८ औं मिनेटमा नाब्रीले जोसुआ किमिचिको पासमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । ३३ औं मिनेटमारोबर्ट लेवन्डोवस्किले प्रहार गरेको बल लियोनका गोलकिपरले रोक्न खोज्दा फर्किएको बलाई नाब्रीले वान टच गोल गर्दै व्यक्तिगत दोस्रो गोल गरे ।
पहिलो हाफमा बायार्न २-० ले अघि रह्यो ।

फिलिप्पे काउटिन्होले ८०औं मिनेटमा गोल गरेपनि रेफ्रीले उक्त गोललाई अफसाइड दिँदै रद्द गरे । त्यसपछि ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० गोलको जित दिलाए ।

भर्खरै

सम्बन्धित खबर

Language »