सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ट्रिन्बागोसँग जमैका पराजित, सन्दीपले लिए एक विकेट

काठमाडौं । मंगलबारदेखि सुरु भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टोली जमैका तल्लावाज आफ्ने दोस्रो खेलमा पराजित भएको छ।

अहिले बिहान सम्पन्न खेलमा सन्दीपको जमैका ट्रिन्बागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो।

ब्रिएन लारा एकेडेमी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनको योगफल तयार गरेको थियो।

१३७ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ट्रिन्बागोले १८.१ ओभरमा ३ विकेट गुमाएर १३६ रन बनायो।

सन्दीपले ट्रिन्बागोका लागि ३७ बलमा सात चाैका र दुई छक्कासहित ५३ रन बनाएका सुनील नारायणलाई कार्लोस ब्रेथवेटको हातबाट क्याच आउट गराएका हुन्।

बुधबार भएको सेन्ट लुसिया जोक्सविरुद्धको पहिलो खेलमा पनि सन्दीपले ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए।

जितसँगै ट्रिन्बागो दुई खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानका गुयना अमेजन वारियर्स, तेस्रो स्थानको सेन्ट लुसिया र तेस्रो स्थानको जमैकाको समान दुई/दुई अंक छ।

भर्खरै

सम्बन्धित खबर

Language »