सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय क्रिकेट खेलाडीको तलब १० हजार बढ्ने

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब बढेर आउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले २०१९ का लागि खेलाडीहरुले यसअघि पाउँदै आएको तलबमा १० हजार रुपैयाँ बढाएर दिन गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले स्वीकृत गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

अब ए ग्रेडमा हुने खेलाडीले ४५ हजार, बी ग्रेडका खेलाडीले ३५ र सी ग्रेडका खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्। खेलाडीको तलब सम्भवतः यो हप्ता नै तलब आउनेछ।

यसअघि ए ग्रेडका खेलाडीले ३५, बी ग्रेडका खेलाडीले २५ र सी ग्रेडका खेलाडीले १५ हजार रुपैयाँ पाउँदै आएका थिए। २०१९ देखि खेलाडीले तलब पाउनसकेका छैनन्।

सन् २०१९ मा तीनवटा ग्रेडमा कुन–कुन खेलाडी छन् भनेर अहिले नै थाहा नहुने प्याकुरेलले बताए। ए र बी ग्रेडमा ८/८ जना र सी ग्रेडमा ६ जना खेलाडी हुनेछन्।

भर्खरै

सम्बन्धित खबर

Language »