सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । आज ३ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसमेत नेपालमा संक्रमण भएर मृत्य हुनेको संख्या एक सय ४९ पुगेको छ । यो ०.४७ प्रतिशत भएको गौतमले बताए ।

शनिबार ९ तथा शुक्रबार ११ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ३१,९३८ जना पुगेको छ । आज ८१८ जना थपिएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »