सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बायर्नले च्याम्पियन्स लिगको उपाधि जित्दा पिएसजी इतिहास रच्नबाट चुके, बायर्नको पोल्टामा ट्रेबल

पोर्चुगलको लिस्बनमा भएको २०२० को युइएफए च्याम्पियन्स लिगको फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोलअन्तरले हराउँदै उपाधि जिते ।


निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको सो खेलमा दुवै टोलीले गोलको लागि धेरै प्रयास गरेपनि पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा बायर्नको लागि किङ्ग्सले कोमनले गोल गरे । उनले खेलको ५९ मिनेटमा किममिचको फ्री किक् पासमा हेडिङ मार्फत गोल गरे । उनले गरेको सो गोल नै निर्णायक बन्यो र अन्तत बायर्नले  च्याम्पियन्स लिगको उपाधि जिते । खेलमा दुबै टिमले गोलका विभिन्न अवसरहरु सिर्जना गरे पनि सदुपयोग गर्न भने सकेनन् ।

यस उपाधि जिते सँगै बायर्न म्युनिखले च्याम्पियन्स लिगको इतिहासमा ६ वटा उपाधि जितेको छ। बायर्नले सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा उपाधि जितेको थियो ।

यस सिजन बायर्नले घरेलु लिग, कप र च्याम्पियन्स लिग  जिते सँगै इतिहासमै दोस्रोपटक ट्रेबल जिते । यसअघि म्युनिखले सन् २०१२/१३ को सिजनमा ट्रेबल पुरा गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »