सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा ससुरालीको नगद१० लाख रुपियाँ हात पार्न सालोको अपहरण


नेपालगञ्ज, ससुरालीमा जग्गा खरिदका लागि राखिएको नगद हात पार्न बाँकेमा एक ब्यक्तिले नाबालक सालाको अपहरण गरेका छन् ।

प्रहरीले अपहरित बालकको सकुशल उद्धार गरि भिनाजुलाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ ।

भदौ ९ गते बाँकेको खजुरा गाउँपालिका ५ उढरापुरको रजनवा गाउँमा मोहरमको रमाईलो हेर्न पुगेका १३ वर्षिय इसहार जाकिर भन्ने इन्तजार खाँलाई उनका भिनाजु नेपालगञ्ज १६ जयसपुरका २७ वर्षिय कल्लु भन्ने कलिम खाँले अपहरण गरि नेपालगञ्जस्थित घरमा बन्धक बनाई १० लाख रुपियाँ फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा अभियुक्त खाँलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमवहादुर रानाले भे ४ प २३४४ नम्बरको सुजुकी मोटसाईकलमा बालकलाई उढरापुरबाट नेपालगञ्जको जयसपुर पु¥याइएको जानकारी दिनुभयो ।

जग्गा खरिदका लागि ससुराले चारलाख ८५ हजार रुपियाँ नगद घरमा राखेको अभियुक्त कल्लुले थाह पाएपछि सालाको अपहरण गरेका हुन् ।

अपहरणपछि बालकलाई दुईदिनसम्म जयसपुरस्थित घरमै राखेको र पछि अरुले थाह पाएको र प्रहरीले खोजतलाशलाई तिव्रता पारेपछि बालकलाई भदौ ११ गते जानकी गाउँपालिका ५ बुढियागाउँ स्थित बालकको फुपुको घरमा छोडिएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »