सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको मौसम : देशका विभिन्न स्थानमा सामान्य वर्षाको सम्भावना

काठमाडौं।आज बिहानैदेखि देशभरको माैसम अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

त्यस्तै, आजराति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने सुदूरपश्चिमका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भवाना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

आगामी २४ घण्टामा गण्डकी प्रदेश, प्रदेश ५, प्रदेश ६ र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले चेतावनी दिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »