सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य प्रोटोकल कडाईका साथ पालना गर्ने उद्योगी, व्यवसायीको निर्णय


नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघ लगायत बस्तुगत संघसंस्थाले स्वास्थ्य प्रोटोकल कडिकडाउका साथ पालना गर्ने निर्णय गरेका छन् ।

स्वास्थ्य प्रोटोकल पालनाको हालसम्मको अवस्थाको समिक्षा गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले शनिवार बस्तुगत संघसंस्थासंग बैठक गरेको थियो ।
बैठकले स्वास्थ्य प्रोटोकल अझ प्रभावकारी तरिकाले अपनाउनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । ‘अहिले निषेधाज्ञा नभएकाले पसल, व्यवसाय सन्चालनमा समस्या छैन ।

यसलाई अवसरका रुपमा लिदैस्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्ने अहम् जिम्मेवारी हामीलाई आइलागेको छ ।’– मन्सुरीले भने ।
बैठकले स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्नुपर्ने निष्कर्ष सहित प्रहरी, प्रशासनसंग हालको भन्दा अझ सहज रुपमा व्यापार, व्यवसाय गर्ने वातावरण निर्माणका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

अध्यक्ष मन्सुरीले भने,–‘बजार सन्चालनका विषयमा अन्यौलता छ भने चिर्नुपर्छ भन्ने उद्योगी, व्यवसायीका सुझावका आधारमा प्रशासनसंग छलफल गर्ने निर्णय भएको छ ।’
मन्सुरीको अध्यक्षतामा भएको बैठकमा संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य प्रमुख अतिथी थिए ।

कोभिड– महामारीमा स्वास्थ्य प्रोटोकलको समिक्षा र आगामी रणनिति सम्बन्धी छलफल बैठक बोलाइएको महासचिव चिरञ्जीवी ओलीले बताए ।
बैठकमा बजार अनुगमन समितिका संयोजक भिम रानाभाटले बजारमा हालसम्म स्वास्थ्य प्रोटोकल पालनाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

बैठकमा संघमा आवद्ध रहेको विभिन्न वस्तुगत संघ/संस्थाका अध्यक्ष एवम् प्रतिनिधि र संघका पदाधिकारी एवम् कार्यसमिति सदस्यजहरुको उपस्थितिमा रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »