सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गणपति डेन्टल क्लिनिकद्धारा चार सय जनालाई मास्क तथा जलपान सामाग्री वितरण


नेपालगन्ज, नेपालगन्जस्थित गणपति डेन्टल क्लिनिक नेपालगन्जले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेको छ ।


अनलाईन खोजखवर मिडिया पार्टनर रहेको यो अभियानमा क्लिनिकले शनिवार आफ्नै कार्यालय अगाडी सडकमा हिड्ने सर्वसाधरणलाई मास्क, चाउचाउ तथा पानी वितरण गरेको क्लिनिक संचालक समेत रहेका डा. प्रतिक श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँका अनुसार, करिव चार सयजनालाई मास्क वितरण गरिएको छ । कोरोन भाइरस महामारीकाबीच फ्रन्टलाइनमा खटिएर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको उहाँको भनाइ छ ।


यसअघि क्लिनिकले जमुनाह नाका देखि धम्वोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन डी, विष्कुट र पानी वितरण गरेको थियो । यो अभियानमा जावेद खाँन र वसिम अनसारीले सघाइरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »