सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

त्रिविका वार्षिक परीक्षा दसैंपछि, सेमेष्टर भने अगाडि नै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसअघि स्थगित भएका समेष्टर प्रणाली अन्तर्गतका परीक्षा दसैंअघि नै सञ्चालन गर्नेगरि तयारी गरेको छ।

परीक्षा अनलाइनमार्फत सञ्चालन गरिने उपकुलपति धर्मकान्त बास्कोटाले बताए। वार्षिक प्रणाली अन्तर्गत पढेका विद्यार्थीको परीक्षा भने दसैंअघि सञ्चालन नहुने पनि बास्कोटाले स्पष्ट पारे। कोरोनाको असर सामान्य हुने अनुमान गरेर त्रिविले यसअघि भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने योजना बनाएको थियो।

संक्रमण बढेर मुलुकमा दोस्रोपटक लकडाउन भएपछि परीक्षा अनिश्चित भएको छ। अब भने दसैंअघि सेमेष्टरवालाको परीक्षा जसरी पनि सञ्चालन गरिने बास्कोटाले बताए।

धेरै विद्यार्थी भएको र दुर्गमका पनि भएका कारण त्रिविलाई पढाइ तथा परीक्षाको व्यवस्थापन गर्न कठिन भएको उनले बताए। उनका अनुसार सम्बन्धन तथा आंगिक क्याम्पसमा गरेर चार लाख ९२ हजार परीक्षार्थी छन्। यी नियमित र आंशिक समेतका विद्यार्थी हुन्।

बास्कोटाका अनुसार ७६ जिल्लाका विद्यार्थी त्रिविमा छन्। मुलुकभर ११ वटा विश्वविद्यालय सञ्चालनमा छन्। उच्च शिक्षा अध्ययन गर्नेमध्ये ८० प्रतिशत विद्यार्थी त्रिविमा पढ्छन्।

भर्खरै

सम्बन्धित खबर

Language »