सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

७ जना थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। यो सहित ज्यान गुमाउनेको संख्या २२८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ महिलासहित ७ जनाको मृत्यु भएको छ।

सोमबार कोरोनाबाट मृत्यु हुनेमा महोत्तरीमा एक बालिका वर्षीय,गोरखामा दुई महिला र झापा, रौतहट, चितवन र भक्तपुरमा एक/ एक गरी चार पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९९ जना थपिए सगैं कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »