सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सीपीएल अन्तर्गत गए रातिका खेल वर्षाका कारण स्थगित, एक-एक अंक बाँडियो

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने आबद्ध टोली जमैका तलावाज र सेन्ट किट्स एन्ड प्याट्रियट्सबीच गएराति भएको खेल वर्षाका कारण रोकिएको छ ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा वर्षाका कारण खेल नतिजा विहिन भएपछि दुबै टिमले समान एक–एक अंक बाँडेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ ओभर ४ बलमा ४६ रन बनाएको थियो । त्यहि समयमा वर्षाले खेल रोकिएको थियो । वर्षाका कारण खेल पटक पटक सुरु हुन नसक्दा दुबै टोलीले एक–एक अंक बाँडेका हुन् ।

योसँगै सेन्ट किट्स एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ । उसले यस अघिका ९ खेलमा सात हार, एक जित र एक बराबरी नतिजा ल्याएको छ ।

यस्तै जमैकाले ८ खेलमा चार हार, तीन जित र एक बारबरीको नतिज सहित सात अंक जोडेको छ । जारी सिजनमा जमैका चौथो स्थानमा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »