सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मापसे गरेर आफ्नै बाबु–आमालाई चक्कु प्रहार, छोरा पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा ३२ वर्षी श्री तामाङले आफ्नै बाबु आमालाई चक्कु प्रहार गरेका छन् ।

शनिवार राति मापसे गरेर छोराले चक्कु प्रहार गरेर ५३ वर्षीय बावु श्याम कुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई घाइते बनाए ।

चक्कु हान्ने श्री तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । घाइते दम्पत्तिलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ ।

दम्पत्तिको गर्दनदेखि कानसम्म चोट लागेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »