सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउन पछि विदेशमा अलपत्र ५६ हजार ७ सय ७७ जना नेपालीको उद्धार

काठमाडौं। कोरोना भाइरसको महामारी सुरू भएसगैं विश्वव्यापी रुपमा लकडाउन भयो । जसको प्रतक्ष्य असर रोजगारीको सिलसिलामा विदेश गएका नेपालीहरुमा पर्यो।

त्यसपछि नेपाल सरकारले समस्यामा परेका नेपालीहरुलाई उद्धार गरेर नेपाल ल्याउने अभियान थाल्यो।

सो उद्धारबाट हालसम्म विदेशमा अलपत्र परेका ५६ हजार ७ सय ७७ जना नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ।

विदेशस्थित नेपाली नियोगहरू र गैरआवासीय नेपाली संघ (एनआरएनए)को संयुक्त पहलमा ५८ देशबाट ३५९ वटा फ्लाइटमार्फत उनीहरूलाई नेपाल ल्याइएको हो।

यस्तै विदेशमा विभिन्न कारणले मृत्यु भएका २९९ जना नेपालीहरूको शव पनि यो अवधिमा नेपाल ल्याइएको संघले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »