सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्त्री दुलाल र नेकपाका नेता कार्यकर्ताद्वारा लिदिबासीलाई राहात बितरण

सिन्धुपाल्चो। श्रावण ३० गते सिन्धुपाल्चोक स्थित जुगल गाउँपालिका -२ लिदिमा गएको पहिरो पश्चात थातथलोबाट विस्थापित पीडितहरुलाई बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल र नेकपाका नेता कार्यकर्ताले राहत वितरण गरेका छन्। सिंगो गाउँ नै पहिरोको चपेटामा परेपछि विस्थापित भएका १७२ लिदिबासी पिडित घर-परिवारलाई मन्त्री दुलाल र नेता कार्यकर्ताले राहत वितरण गरेका हुन । पहिरो पीडितहरु हाल अस्थायी रुपमा शेलाङको बासखर्कमा बसोबास गरिरहेका छन्। शनिबार सोही स्थान पुगी पीडित लिदिबासीलाई प्रत्येक घरदुरीलाई २५ के जि चामल, ५ के जि दाल, ४ लि तेल, २ पाकेट नुन, २ के जि चिनी र १ पाकेट चियापती राहत हस्तान्तरण गरिएको छ । उक्त राहत सामाग्रीहरु मन्त्री दुलालले हस्तान्तरण गरेका थिए ।

उक्त राहत बितरण कार्य होफमन फेमली, होप अलाईन्स, अस्ट्रेलिया साथै संस्था सम्बद्ध स्वास्थ्यसेवी तथा समाजसेवी वाङ्चुक राप्तेन लामा ,समाजसेवी पेमा नुर्बु लामा र युवा व्यवसायी, समाजसेवी एवम् नेकपाका युवा नेता भूषण महर्जनको समन्वय एवम् सहयोगमा भएको थियो ।

राहत वितरण कार्यक्रममा सोही गाउँपालिकाका नेकपाका नेता रेशम स्याङ्बो, वडाका अध्यक्ष प्रताप लामा, दामोदर पाण्डे ,श्याम कृष्ण डङ्गोल, माधब घिमिरे (अटल्) र राजु शर्मा समेत सहभागी थिए ।

राहत वितरणसँगै मन्त्री दुलालले ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »