सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकैदिन ९२ हजार थपिए सँगै कोरोना भाइरस संक्रमणमा भारत दोस्रो स्थानमा

काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमण डरलाग्दो अवस्थामा पुगेको छ । भारत विश्वमै संक्रमणमा दोस्रो स्थानमा पुगेको छ ।

आइतबार ९१ हजार ७२३ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । शनिबार ९० हजार ६०० जना संक्रमित थपिएका थिए ।

यसअघि शुक्रबार सबैभन्दा बढी भारतमै ८७ हजार ११५ जना संक्रमित देखिएका थिए । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेका छन् ।

हाल ८ लाख ८२ हजार ९५५ जना संक्रमित भारतमा रहेका छन् । भारतमा निको हुनेको दर भने राम्रो रहेको छ । आइतबार ६९ हजार ६२४ जनालाई निको भएको छ ।

शनिबार रेकर्ड ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका थिए । हालसम्म ३२ लाख ४७ हजार २९७ जना कोरोनामुक्त भएका छन् ।

आइतबार १ हजार ८ जनाको ज्यान गएको छ । शनिबार १ हजार ४४ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७१ हजार ६८७ पुगेको छ ।

त्यस्तै, विश्वभर हाल २ करोड ७२ लाख ८३ हजार संक्रमित छन् । ८ लाख ८७ हजार भन्दा बढीको ज्यान गएको छ । १ करोड ९३ लाख ६७ हजारलाई निको भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »