सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इंग्ल्यान्डलाई ट्वान्टी-२० सिरिज

काठमाडौं । इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको ट्वान्टी-२० सिरिज आइतबार अन्तिम खेल अगाडि नै जितेको छ ।

इंग्ल्यान्ड दोस्रो खेलमा ६ विकेटले विजयी रह्यो र तीन खेलको सिरिजमा निर्णायक रूपमा २-० ले अगाडि रह्यो ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । त्यसमा कप्तान एरोन फिन्चले सर्वाधिक ४४ रन बनाएका थिए ।

जवाफमा इंग्ल्यान्डले १८.५ ओभर मात्र बाँकी छँदै १ सय ५८ रन बनायो । जस बटलरले छक्का प्रहार गर्दै टिमलाई जितसम्म पुर्‍याए र उनी ५४ बलमा ७७ रन बनाएर नटआउट रहे ।

भर्खरै

सम्बन्धित खबर

Language »