सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा ३२६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका २९३ जना, भक्तपुरका १३ जना र ललितपुरका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आइतबार उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि भएको थियो। काठमाडौंका २९०, भक्तपुरका ३२ र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए।

कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »