सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

११ जना थपिएसँगै कोरोना बाट मृत्यु हुनेको संख्या ३०० पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार मात्रै ९ जनाको कोरोनाबाट मृत्यु थियो।

त्यस्तै,पछिल्लो २४ घण्टामा मात्रै ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ।

सोमबार संक्रमितमा हुनेमा महिला र पुरुष छन्। आइतबार मात्रै २९० महिला र ६९० पुरुष गरी ९८० जनामा संक्रमण देखिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »