सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युइएफए नेसन्स लिगमा पोर्चुगल र फ्रान्स विजयी, रोनाल्डोको किर्तिमानी गोल

युइएफए नेसन्स लिग अन्तर्गत गएराति भएको समूह सी को खेलमा कप्तान क्रिस्टयानो रोनाल्डोले २ गोल गर्दै पोर्चुगललाई स्वीडेन विरुद्धको खेलमा २-० गोल अन्तरको जित दिलाएका छन् । फ्रेन्ड्स एरेना स्टेडियममा भएको खेलमा पोर्चुगलले घरेलु टोलीलाई २-० ले हराएको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले पहिलो हाफको अन्तिम समयतिर शानदार फ्री किक गोल गर्दै ऐतिहासिक सयौं अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी यतिकैमा रोकिएन् र पुनः खेलको ७२ औं मिनेटमा गोल गरे । यस गोलसँगै उनले १०१ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

समूह सी मा पोर्चुगलको यो लगातार दोस्रो जित हो । यस खेलको जित सँगै पोर्चुगलले ६ अंक जोडेको छ भने पराजित स्वीडेन अंक विहीन छ । यस अघि स्वीडेन फ्रान्ससँग पराजित भएको थियो । अघिल्लो खेलमा पोर्चुगलले क्रोएसियालाई हराएको थियो । समुह सी कै अर्को खेलमा फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको छ । टोलीका फर्वाड किलियन एम्बाप्पे कोरोना संक्रमित भएकोले खेलमा सामेल थिएनन् ।

भर्खरै

सम्बन्धित खबर

Language »