सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ओली-प्रचण्ड छलफल सकियो, स्थायी कमिटी बैठकका एजेण्डा तयार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो करिव २ घण्टा भएको छलफलमा शुक्रबारलाई बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डा तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । तर एजेण्डा के के तय भए भन्ने अझै खुलाइएको छैन ।

सापकोटाका अनुसार तय भएका एजेण्डा स्थायी कमिटी सदस्यहरूलाई पठाइनेछ । तिनै एजेण्डामा तयारी गरेर स्थायी कमिटी सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।

गत साउन १३ देखि अनिश्चित बनेको स्थायी कमिटी बैठक भदौ २६ मा बोलाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »