सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १ हजार ८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको ४९ हजार २१९ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेका छन्।

अहिले संस्थागत आइसोलेसनमा ७ हजार ९८८ रहेका छन्। त्यस्तै होम आइसोलेसनामा रहनेको संख्या ७ हजार १ सय ७३ रहेको छ।

हाल क्वारेन्टाइनमा रहेनेको संख्या ४ हजार ८० रहेको जागेश्वर गौतमले जानकारी दिए।

गत २४ घण्टामा कोरोना जितेर १९ सय १८ जना डिस्चार्ज भएका छन्।

यो सगै कुल डिस्चार्ज हुनेको संख्या भने ३३ हजार ८ सय ८२ पुगेको छ । यो ६८.८ प्रतिशत हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय १२ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »