सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

६ जना थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३१२ पुगेको छ।

आजको दिनमा देशभर २२ जना संक्रमित भेन्टिलेटरमा छन्। आईसीयूमा हुनेको संख्या भने १६२ छ।

कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजको दिनमा देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन्।

कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८८२ जना पुगेको छ। पछिल्लो २४ घण्टामा ९१८ जना कोरोनामुक्त भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१ जना संक्रमित थपिएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »