सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

५ जना थपिए सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुग्यो

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ महिला र ४ पुरुष गरी ५ जनाको मृत्यु भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको ५० हजार ४६५ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »