सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा ९७३ सहित १७ सय ३५ प्रहरीमा सक्रिय कोरोना संक्रमण

काठमाडौं। प्रहरी मुख्यालयमा कोरोना संक्रमितको संख्या फेरि एकाएक बढेको छ । पछिल्लो तीन दिनमा प्रहरी मुख्यालयमा सय संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा ९७३ सहित १७ सय ३५ सक्रिय संक्रमित छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत २१० र काठमाडौं उपत्यकाका ७६३ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १५९, प्रदेश २ मा १०८, वाग्मती प्रदेशमा १७०, गण्डकीमा ९४, प्रदेश ५ मा ११८, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा ७९ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »