सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गरिने

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा पुनः लकडाउन गर्ने सरकारले निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गरेको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाले मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमल लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको उनले जानकारी दिए । त्यस्तै अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको उनले बताए ।

बुधबारसम्म नेपालमा १७ हजार ४१४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ११ सय ७४ जना संक्रमित थपिएका छन् भने निको हुनेको संख्या १८९३ रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »