सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जनामा कोरोनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा २० वर्षीय पुरुष, ७४ वर्षीय पुरुष, ललितपुरमा ७६ वर्षीय पुरुष र भक्तपुरमा ८८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंका ५८३, भक्तपुरका ६३ र ललितपुरका ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »