सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४ सय ६७ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा आठै जना पुरुष रहेका छन् ।

जसमा सप्तरीका ६३ वर्षीय पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितपुरका ७६ वर्षीय पुरुष र कैलालीका ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौंका २० र ७४ वर्षीय दुई पुरुषको पनि मृत्यु भएको छ ।

योसँगै देशभर कुल मृतकको संख्या ४ सय ६७ पुगेको छ । यो मृत्युदर संक्रमित हुनेहरुबाट ० दशमलव ६५ प्रतिशत हो ।

भर्खरै

सम्बन्धित खबर

Language »