सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किलोको ६० रुपैयाँमा प्याज पाएपछि खाद्य व्यवस्था थापाथलीमा लाइन

काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ ।

बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो ।

बजार मूल्य भन्दा प्रतिकिलो ८० रुपैयाँ कममा सरकारी कम्पनीले प्याज बिक्री गर्न थालेपछि कोरोना जोखिमकाबीच उपभोक्ताहरु लाइन लागेका हुन् ।

बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तोमा बिक्री गरेपछि धेरै टाढादेखि मानिसहरु आएका छन् ।

कम्पनीका बागमती प्रदेश बिक्री प्रमुख रणबहादुर बुढोथाकीले एक जनालाई बढीमा ३ किलोसम्म प्याज बिक्री गरेको बताए।

भर्खरै

सम्बन्धित खबर

Language »