सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा प्रहरीको लागु औषध दुव्र्यसन निस्तेज महाअभियान सुरु


नेपालगन्ज, बाँकेमा लागु औषध दुव्र्यसन निस्तेज महाअभियान सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बाट आज एक कार्यक्रमबीच महाअभियानको सुरुवात भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, नेपालगन्ज उमपहानगरपालिकाका विभिन्न वडाहरुको सहकार्य र वडा प्रहरी कार्यालयको समन्वयमा यो अभियान सुरु भएको हो । महाअभियानको सुभारम्भ गर्दै बाँकेका एसपी ओम रानाले लागु पदार्थको दुव्र्यसन ठूलो चुनौतिकारुपमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले बालबालिकालाई लागु औषध दुव्र्यसनबाट जोगाउन सकसपुर्ण भएको भन्दै अभिभावकहरुलाई निगरानी गर्न सुझाव दिनुभयो । बाँकेमा अपराधमा ८० प्रतिशत लागु औषध कारोवारी, दुव्र्यसनीकर्ता नै रहेको जानकारी समेत दिनुभयो ।

चोरी, डाँका, लुटपाट, झैझगडामा अधिकांश लागु औषध प्रयोगकर्ताहरु नै देखिएको एसपी रानाको भनाइ छ । उहाँले प्रहरी एक्लैले मात्र सबै अपराध न्यूनिकरण गर्न नसक्ने भएकाले समुदायको सहयोग जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष सफिक बेहनाले आफ्नै वडाबाट महाअभियानको सुभारम्भ गरेकोमा प्रहरीलाई धन्यवाद दिनुभयो । उहाँले लागु औषध नियन्त्रण र रोकथामका लागि वडा कार्यालयले भरमजदुर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आफ्नो बालबालिकालाई पर्याप्त समय दिन अभिभावकहरुलाई आग्रह गर्नुभयो । छोराछोरी माथि निगरानी र हेरचाह बढाउन पनि उहाँको सुझाव छ । प्रहरीले यो अभियान जिल्लाभरी नै सन्चालन गर्ने जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »