सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट थप ४ जनाको मृत्यु : मृतकको संख्या ४८१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ।

योसँगै मृतकको संख्या ४८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

सोमबार मात्रै ४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

सुनसरीमा ३८ वर्षीया महिला, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ वर्षीय पुरुष र गुल्मीमा ३४ वर्षीय पुरुष गरी जम्मा ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

१९ हजार ६३४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ९२९ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार ३१० जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १० हजार ८० नमूनाको पीसीआर परीक्षण भएको छ। ७४२ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयलेजनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। यो प्रतिशत ७३ दशमलव ३ हो।

भर्खरै

सम्बन्धित खबर

Language »