सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टायता कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म ११७९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३६३७६ जना रहेका छन्। यसमध्ये संस्थागत आइसोलेसनमा १४८१९ जना र होम आइसोलेसनमा २१५४८ जना रहेका छन्। आजको पीसीआर १३९४७ छ।

हाल क्वारेन्टिनमा ४६६६ जना रहेका छन्। त्यस्तै आईसीयूमा उपचाररतको संख्या ३०५ जना भेन्टिलेटरमा ७० जना उपचाररत रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २१७४ जना रहेका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ८०९५४ जना पुगेका छन्।
 

भर्खरै

सम्बन्धित खबर

Language »