सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनमत पार्टी बाँकेको डुडुवा-२ बेतहनीमा वडा अधिवेशन सम्पन्न, शिव कुमार चौधरीको अध्यक्षतामा ११ सदस्यीय चयन

नेपालगञ्ज, जनमत पार्टी बाँकेले जिल्लालो डुडुवा गाउँपालिका-२ बेतहनीमा वडा अधिवेशन सम्पन्न गरको छ ।
आइतबार शिव कुमार चौधरीको अध्यक्षतामा ११ सदस्यीय अध्यसमिति भेलावाट चयन गरिएको छ ।

उपाध्यक्ष अनिता केवट, कोषाध्यक्ष मन्साराम केवट, सचिव राधे श्याम चौहान, सदस्यद्वय इस्माईल सल्मानी, अकबर हुशेन सल्मानी, दिनेश कुमार यादब, सन्तोष केवट, रहटे मनिहार, मनोज कुमार बर्मा र फूल जहाँ मनिहार रहेका छन, त्यस्तै बरिस्ठ सल्लाहकार कामता प्रसाद यादव, वरिष्ठ सल्लाहकार तिरथराम बर्मा, बिजय केवट, दुईजे चमार र धर्मराज धोबी रहेका छन ।


उक्त कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टी केन्द्रीय सदस्य इरफान अहमद शेषले भेलाबाट चयन भएका सदस्यहरुलाई शुभकामना सहित अगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेता शेषले दशै, मोहम्मद डे र आउन लागेको तिहारको हार्दिक शुभकामना दिदै कार्यक्रमको शुरुवात गरेका थिए ।


उनले भने,”जनमत बाहेक कुनै पनि पार्टीले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन नसक्ने भनेका छन, मधेशको राजनीतिक फोहोर हटाउनलाई स्वराजीहरुको संगठन आएको भनेका छन, अब मधेश नेतृत्व जनमतले नै गर्ने भनेका छन।”


कार्यक्रममा मोहम्मद हुशेन खान अध्यक्षको अध्यक्षतामा बिशेशअतिथि जिल्ला अध्यक्ष रियाज अहमद शेष, जिल्ला सन्चार बिभाग प्रमुख हरपाल सिंह, जिल्ला नेता जाबिर हल्वाई, डुडुवा गाउपालिका अध्यक्ष अब्दुल वाहिद शेष, जिल्ला सदस्य नाजमा बागवान, विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य अक्षय सोनकर, जिल्ला युवा संघका सदस्य राजु अंसारी, जिल्ला सदस्य मुजफ्फर शेष, वरिष्ठ नेतृत्व मन्डलका सदस्य शैलेन्द्र कुमार कर्ण, महिला जनमत संघका प्रमुख नेतृ जोया शेष लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »