सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फुल्टेक्रा रोडमा हाजी अन्सारीको थोक तथा फुटकर खाद्यान्न पसल

नेपालगञ्ज,नेपालगञ्ज उपमहानगरपालिका फुल्टेक्रा आँखा अस्पताल रोडमा थोक तथा फुटकर खाद्यान्न पसल संचालनमा आएको छ ।

विगत लामो समय देखि घरबारी टोलमा कपडाको व्यापार गर्दै आउनुभएका हाजी रज्जब अलि अन्सारीले फुल्टेक्रामा अन्सारी क्लाथ स्टोर्स संचालनमा ल्याउनुभएको हो ।

आज एक कार्यक्रमकाबीच पसलको उद्घाटन गरिएको छ । मुस्लिम परम्परा अनुसार विभिन्न कार्यक्रम गरि पसलको उद्घाटन गरिएको हाजी अन्सारीले बताउनुभयो । उहाँले खाद्यान्नको सुपथ मूल्यका लागि थोक तथा फुटकर खाद्यान्न पसल संचालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद याकुब अन्सारीले गुणस्तरीय सेवा दिन सुझाव दिनुभयो । उहाँले उपभोक्ताहरुलाई गुणस्तरीय र स्वस्थ खाद्यान्न उपलब्ध गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष कैफुलवरा जोलाहले उपभोक्ताहरुलाई सस्तो र सुलभ मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउन सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा नेता हारुन कादरी, मुस्लिम धर्मगुरुहरु, र नेपालगञ्जका व्यापारी लगायतको उपस्थिति रहेको थियो । उनीहरु सबैले शुभकामना तथा बधाइ समेत दिएका थिए ।

थोक खाद्यान्न पसल फुल्टेक्रामा संचालन भएपछि डुडुवा र राप्तीपारीका उपभोक्ता तथा किराना व्यवसायीहरुलाई सहजता मिलेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »